|

बोस्टन :  क्यान्सर रोगसँग लडिरहेका अग्रज पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारमा सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आर्थिक संकलनको काम अघि बढाएको छ। 

पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील रेशम विरही क्यान्सर रोगसँग लडिरहेका छन्। चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेका विरहीका ९ वटा कृति प्रकाशित भइसकेका छन्।

हाल भरतपुर महानगरपालिका वडा नं १६ मा बसोबास गर्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ। उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।

संघको आइतवार बसेको कार्यसमितिको बैठकले उनको उपचारका लागि सक्दो सहयोग गर्ने निर्णय गरेसँगैं गो फन्ड मी खोलेर नेजाले आर्थिक संकलनको काम अघिबढाएको हो। 

नेपाल पत्रकार महासंघले विरही र अर्का सुर्खेतका पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गर्न समेत नेजालाई आग्रह गरेको थियो।  नेजाले आफ्नो खातावाट २ सय १ डलर राखेर गो फन्ड मी को सुरुवात गरेको हो। नेजाले यसअघि पनि पत्रकारको सहयोगार्थ आर्थिक संकलन गर्दै आएको छ। गो फन्ड मीमार्फत संकलित रकम पत्रकार महासंघ मार्फत पठाइने नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले जनाएका छन्।   

नेजाको स्थापना वाशिंगटन डिसीमा २००७ अप्रिलमा भएको हो। यसका आजीवन १२, र साधारण करिब १ सय ५० सदस्य छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.