|

काठमाडौं :  दक्षिण कोरियाको साउथ सुकुङ्सा प्रान्तमा भएका नेपालसहितका १३ देशका आप्रवासी कामदार समूहले ‘जापान बहिष्कार’ आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। 

यी समूहमा नेपाललगायत मंगोलिया, म्यान्मा, बंगलादेश, भियतनाम, श्रीलंका, उज्बेकिस्तान, इन्डोनेशिया, चीन, कम्बोडिया, पाकिस्तान र फिलिपिन्स छन्। यहाँ १४ वटा देशका आप्रवासी कामदार समूह छन् भने जापानी समूहले यस आन्दोलनमा ऐक्यबद्धता जनाएका छैन।

द कोरिया टाइम्सका अनुसार जापान सरकारले जुलाई १ मा तीन प्रमुख सामग्रीहरूको निर्यातमा प्रतिबन्ध गर्ने जनायो,  जुन सामग्री कोरियाली कम्पनीहरूलाई सेमी–कन्डक्टर र फ्ल्याट–प्यानल डिस्प्ले जस्ता विद्युतीय उपकरण बनाउन चाहिन्छ। गत शुक्रबार जापानले आफ्नो रूचाइएको व्यापारिक साझेदार सूचीबाट दक्षिण कोरियालाई हटायो। 

यसै विषयमा आप्रवासी कामदार समूहहरूको मंगलबार प्रान्तीय कार्यालयमा पत्रकार सम्मेलन गरिएको थियो। प्रान्तीय कार्यालयका अनुसार यस राज्यमा ६५ हजार आप्रवासी छन्। तिनीहरूमा १८ हजार भियतनामी, १२ हजार चीनियाँ, ६ हजार इन्डोनेशियाली, ६ हजार उज्बेक, ४ हजार कम्बोडियाली आदि छन्। 
दक्षिण कोरिया–जापानको व्यापारसम्बन्धी विवादले पछिल्ला दिनमा विश्व–चर्चा पाइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.