बोस्टन : करिब १५ वर्षअघि स्वीडिस लेखक स्टिग लार्सनले जन्माएको उपन्यासको पात्रलाई अर्का लेखक डेभिड लाजरक्रान्ट्जले बचाउन खोज्दा कथा सगरमाथासम्म पुगेको छ। लार्सनको आधुनिक रहस्यमय लेखनको पात्र हुन्: लिस्बेथ सालान्दर।
लार्सनको निधन सन् २००४ मा ५० वर्षको उमेरमा भएको थियो। उनका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।
लाजरक्रान्ट्ज पनि स्वीडिस उपन्यासकार र पत्रकार हुन्। मिलेनियम उपन्यास श्रृंखलामा लेखिएका लार्सनका उपन्यासलाई लाजरक्रान्ट्जले जारी राख्ने विचार गरेर लेखे, 'द गर्ल्स हु लिभ्ड ट्वाइस'।
बिहीबार सार्वजनिक पेन्गुइन क्यानडाद्वारा प्रकाशित ४१६ पृष्ठको उक्त उपन्यासको सन्दर्भमा रूस र स्वीडेन मात्र छैनन्। पाठकहरू सगरमाथा पनि पुग्छन्। कथामा स्वीडेनका धनाढ्यहरू पर्वतारोहीको भिडमा सामेल हुन्छन्, किनभने उनीहरूको सगरमाथा चढ्ने महत्वाकांक्षा हुन्छ। आरोहणमा मृत्युको घटनालाई पनि जोडिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।