|

कास्की :  पोखराको सरांकोट प्याराग्लाइडीङ उँडानको लागि चर्चित ठाउँ हो। अन्य पर्यटीय दृष्टिकोणले पनि सरांकोट उपयुक्त ठाउँ हो। अहिले पोखरा महानगरले सरांकोटलाई थप आकर्षणको गन्तव्य बनाउनका राष्ट्रिय विभूती तथा शहिद पार्क निर्माण गरेको छ।

पार्कको सबैभन्दा माथिल्लो भागमा नेपाल एकिकरणका सुत्रधार मानिएका पृथ्वीनारायण शाह पूर्ण कदको शालिक राखिएको छ।  पुष्पलाल श्रेष्ठ, भीमसेन दाहाल सहित विभिन्न सहिदहरुको शालिक पार्कमा राखिएका छन्। १ सय ८ शहीदका शालिक राख्ने गरी काम थालिएको महानगरले जनाएको छ। पार्क निर्माणका लागि २३ करोड भन्दा बढी लगानी हुने बताईएको छ। यद्यपी पहिलो वर्ष करिब १ करोड रूयैयाँ हाराहारीमा खर्च भएको छ।

पार्कमा सिँढी बाटो निर्माण गरिएका छन्। विभिन्न प्रजातिका विरुवाहरु रोपिएका छन्। महानगरका चोकचोकमा भएका शालिकलाई ब्यवस्थापन गर्नका लागि बनाईएको पार्क पर्यटकको बसाई लम्ब्याउने अर्को गन्तव्य बन्दै छ। केही समयअघि आइल्याण्ड चाक्लो भएको भन्दै त्यसलाई घटाउन महानगरले अभियान नै चलायो। तर, जातिय रुपमा रहेका केहि शालिकहरु भने महानगरले हटाउन सकेन। 

पोखरा महानगरपालिका क्षेत्र भित्र सहिद पार्क निर्माण बारेको बहस धेरै पुरानो हो। सराङ्गकोट ग्यार्जती जामुनबोट भन्ने स्थानमा भिमसेन दाहाल प्रतिस्ठानले संरक्षण गर्ने गरि पार्क बनाउन तत्कालिन सराङ्गकोट गाविसले अनुमती समेत दिएको थियो तर पार्क निर्माणको कामले गति लिएन। पछि महानगरमा जनप्रतिनिधी आइसकेपछि कामले गति लिएको थियो। 

सहिद पार्कको तल्लो भागमा व्यवस्थित खुल्ला व्यायामशाला सहितको पार्क बनेको छ। पोखराको पर्यटकीय गन्तव्यहरुको सूचीमा उक्त पार्क थपिएको महानगरले जनाएको छ।  माथिल्लो भागमा सिँडि तथा शालिक व्यवस्थापन स्थल बनाइसकिएको छ।

भर्खरै पोखरा महानगरले पृथ्वीनारायण शाह, पुस्पलाल र भिमसेनको शालिक पार्कमा राखेको छ।  यो वर्ष पार्कमा पोखरा ब्यानर, हेलिकप्टर सहितको सौन्दर्यिकरण गरि रबिन्द्र ब्लक, सेमिनार हल, सुरक्षा पर्खाल तथा बाल उद्दान निर्माणको कार्य अगाडि बढउने महानगरका इन्जिनियर बिकास सुबेदिले जानकारी दिए। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.