बोस्टन : युनाइटेड शेर्पा एशोसिएसन युएसएको नेतृत्वमा शनिबार न्युयोर्कमा सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम गरियो।
कार्यक्रम अरू समुदायका सदस्यको पनि उपस्थिति थियो। कार्यक्रम सिटी काउन्सिल २५ औं डिस्ट्रिक्ट अफ न्युयोर्कका काउन्सिल मेम्बर ड्यानियल ड्रोम र न्युयोर्क स्टेट एसेम्बली सदस्य क्याटालिना क्रुजको विशेष सहायतामा भएको थियो।
शेर्पा किदुगले आफ्नो वार्षिक कार्यक्रमका रूपमा न्युयोर्कको ज्याक्सन हाईटको वुडसाइड ४१ एभन्यु ७५ स्ट्रिटदेखि ३७ एभन्यु हुँदै ७४ स्ट्रिट डाईभर्सिटी प्लाजासम्म सफ़ाई गरिएको थियो। यस क्षेत्रमा नेपाललगायत दक्षिण एसियाली जनसंख्या निकै नै छ।
संस्थाले बच्चाहरूका लागि विशेष कार्यक्रम राखेको थियो। बच्चाहरूको हातबाट फूल रोप्ने, फेस् पेन्टिङ्सहितका कार्यक्रम थिए। a‘निवरहुड क्लिन–अप’ नामक कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ११ बजेसम्ममा करिब सकिएको थियो। यसमा करीब ७० जना नेपालीहरूको सहभागिता थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।