बोस्टन : एनआरएन क्यानडाले शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
यो कार्यक्रम एनआरएन क्यानडा र एनआरएन बिटिएसको संयुक्त आयोजनामा भएको थियो । उक्त कार्यक्रम शपर्स वर्ल्ड ब्राम्प्टनमा भएको थियो भने २२ जनाले रक्तदान गरेका थिए। एनआरएन क्यानडाले गत वर्ष पनि रक्तदान कार्यक्रम गरेको थियो।
एनआरएनए क्यानडाको स्थापना सन् २००७ मा भएको हो। पछिल्लो समयमा नेपाल भ्रमण वर्ष २०२० लगायतका अन्य कार्यमा एनआरएनए क्यानडा सक्रिय रहँदै आएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।