|

झापा : झापाको दमक र बिर्तामोडमा चलचित्र ‘घरजम’ विशेष प्रदर्शनी सम्पन्न भएको छ। रोमियो फिल्म प्रालिको ब्यानरमा बनेको चलचित्र ‘घरजम’ कात्तिक २ गते दमक र कात्तिक ५ गते बिर्तामोडमा प्रदर्शन भएको हो।

दमकको पाथीभरा चलचित्र मन्दिरमा सम्पन्न विशेष प्रदर्शनीमा ८०० जनाभन्दा बढी दर्शकले घरजम हेरेका छन्। त्यस्तै, विर्तामोडमा सम्पन्न विशेष प्रदर्शनमा ५०० जना दर्शक उपस्थित भएका थिए।

दुवै ठाउँको प्रदर्शनीमा दर्शकको उत्साहजनक उपस्थिति रहेको चलचित्रका निर्देशक मौसम इम्बुङले बताए। चलचित्र प्रदर्शनपछि आएका प्रतिकृयाले नेपाली दर्शकले क्रिटिकल रूपमा नेपाली चलचित्र हेर्न थालेको अनुभूत भएको निर्देशक इम्बुङको बुझाइ छ। ‘चलचित्रबारे नेपाली दर्शकमा राम्रो चेतना विकास भएको पाइएको छ,’ उनले भने, ‘नेपाली दर्शकलाई केही जाँदैनन् भन्ने मनोभावले चलचित्र निर्माण गर्न नहुने अनुभव भएको छ।’

चलचित्र हलमा लाग्नुभन्दा अगाडि गरिएको विशेष प्रदर्शनीको क्रममा ‘घरजम’ युनिटले प्रदर्शनपछि स्थानीय स्तरमा चलचित्रबारे समीक्षात्मक कार्यक्रम समेत गर्दै आएको छ। ‘घरजम’का मिडिया एडभाइजर मिलन लिम्बूका अनुसार दमक र बिर्तामोडमा चलचित्र प्रदर्शनपछि चलचित्रबारे समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। नेपाली चलचि क्षेत्रको विकासका लागि ‘घरजम’ विशेष प्रर्दशनीमार्फत चलचित्रबारे समिक्षात्मक कार्यक्रम सुरु गरिएको सल्लाहकार लिम्बूको भनाइ रहेको छ।

पूर्वका विभिन्न क्षेत्रमा विशेष प्रदर्शनको क्रममा रहेको ‘घरजम’ युनिटले झापाकै धुलाबारी, भद्रपुर र सुनसरीको धरानमा प्रदर्शन तालिका रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.