|

बैतडी : डोजरले नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रसासन कार्यालय बैतडीले छानविन समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

घटनाको विषयमा बुझ्नको लागि समिति बुधवार  घटनास्थल (दशरथचन्द नगरपालिका ९ ग्वाल्लेक) पुगेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। समितिले स्थलगत अध्ययन गरि ४८ घण्टाभित्र प्रतिबेदन बुझाउनेछ उनले भने, 'छानबिन समितिले शुक्रबार प्रतिबेदन बुझाउछ।'

डोजर चालकविरुद्ध भने ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

सोमबार भएको घटनाको सर्बत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो। समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी निरीक्षक, दशरथचन्द नगरपालिकाका इन्जीनियर, पुर्वाधार विकास कार्यालयका इन्जीनियर र अनुसन्धानको १ जना गरी पाँच सदस्य रहेका छन्। 

गुठी र अंशबण्डा नमिलेकोले केही समय सडक खन्ने काम रोक्न माग गर्दै सोमबार स्थानीयले विरोध गरेका थिए। आक्रोशित स्थानीय बासिन्दाले डोजरमा ढुंगामुढा प्रहार गरेका थिए। त्यसपश्चात् गरेपछि डोजर चालक किशोर बोहोराले स्थानीयमाथि डोजर चलाएका थिए। डोजर आक्रमणबाट स्थानीय गौरी जोशीलगायत केही स्थानीय घाइते भएका थिए। उनीहरुमध्ये बढी चोट लागेकी गौरीजोशीको पनि कोहलपुरमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.