|

काठमाडौं : प्रतिबन्धित विप्लव समूहका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मध्यरातमा पक्राउ गरेको छ ।

बुधबार मध्यराति जिल्ला प्रहरी कार्यालय काभ्रेले  पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले पनौती वडा न ९ शंखुबाट ३० वर्षीय जिल्ला नेता सुन्तली थोकर र रोशी गाउँपालिकाको वडा न ३ शिखरआम्बोटेबाट ३१ वर्षीय कृष्णबहादुर मगर र रोशी गाउँपालिका वडा न ५ सिसाखानीबाट ३० वर्षीय आशामान तामाङ पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका कृष्णबहादुर विप्लपको जिल्ला सदस्य तथा आशामान माओवादीका पुराना नेता रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गिरीले बताए। पक्राउ परेकी सुन्तली थोकरले आफू काभ्रे जिल्ला सेक्रेटरी रहेको प्रहरीलाई बताएको डीएसपी गिरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.