|

काठमाडौं : नेवार समुदायले आज भाइटीका (किजा पूजा)  लगाउँदैछन्।

भाइटीकाको दिन म्हः पूजा गर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय थियो। सोही अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका छन्। तर, भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने प्रचलनअनुसार केहीले ११ कात्तिक (सोमबार) नै म्हः पूजा गरेका थिए।

नेपाल सम्बत्को नयाँ वर्ष हिजो भएकाले नेवार समुदायले आज किजा पूजा गर्न लागेका हुन्। किजा पूजाको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। दाजुभाइ दिदीबहीनीले एकअर्काको दीर्घायूको कामना गर्दै टीका लगाइदिन्छन्। सँगै सगुन र उपहार दिने प्रचलन छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.