|

बारा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकजना प्रहरी नायव निरीक्षकलाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक जट्टाशंकर साह कलवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो।

कपडा ब्यापारीलाई तस्करीको लाइन मिलाई दिने भनी प्रहरी नायब निरीक्षक कलवारले घुस मागेको अख्तियार स्रोतले जनाएको छ। प्रनानि कलवारलाई सेवाग्राहीसँग ६० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका-४ मन्दिर चोकबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले अख्तियार टोली बारा आएको जानकारी भएको बताए। उनले प्रहरी नायव निरीक्षक पक्राउ परेको भन्‍ने खबर आएको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.