|

डडेल्धुरा :  डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम लखतडामा रहेको करिब २ सय रोपनी बाँझो जमिनमा तरकारी खेती गरिन लागिएको छ। 

करिब २५ वर्षदेखि बाँझो रहेको जमिन भाडामा लिएर स्थानीय एक कृषकले विभिन्न किसिमका तरकारी खेतीको थालनी गरेका हुन्। उक्त जमिनमा नाथ जातिले परापुर्व कालदेखि खेती गर्दै आएकोमा उनिहरुको तराइ बसाइसराइका पश्चात २ सय रोपनी जमिन बाँझो अवस्थामा रहेको थियो। तर, गाउँपालिकाले तरकारी खेती गर्न सल्लाह र जमिन उपलब्ध गराउन समन्वय गरेपश्चात उक्त जमिनमा खेती गर्न उत्प्रेरणा मिलेकोे भागेश्वर कृषि तथा पशुपंछि फर्मका संचालक प्रसाददत्त अवस्थीले बताए।

जमिन बाँझो रहेको देखेपछि गाउँमा रहेका बेरोजगार युवाहरुलाई रोजगारीको सिर्जना गर्ने उदेश्यले तरकारी खेतीका लागि पहल गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको सर–सल्लाह, मध्यस्तता तथा आलु सुपरजोनको कार्यालय डडेल्धुराको पहल र वडा नम्बर १ का अगुवा युवाहरुको प्रयासमा बृहत कुषि फर्म स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।

‘यसलाई अहिले आलु पकेट क्षेत्र घोषणा गरेर आलु र अन्य तरकारी खेतीको थालनी गरिएको छ।’ उनले भने ‘अहिले गाउँपलिकाले प्रावधिक सहयोग गरेको छ, आगामी दिनहरुमा अनुदानको समेत व्यवस्था गर्नेछौं।’

भविष्यमा व्यावसायिक हिसाबले कुखुरा पालन, गाईभैँसी पालन, बाख्रा पालन, माछा पालन फलफुल नर्सरी, वन नर्सरी लगायत फलफुल खेती समेत गर्ने उदेश्य रहेको फर्मका संचालक अवस्थीको भनाइ छ। करिब ३० लाखको लगानि रहेको उक्त कृषि फर्मबाट थुप्रै युवाहरुमा रोजगारीको सृजना हुने उनको विश्वास छ। 

झण्डै ५० जना बेरोजगार युवाहरुले गाउँमै रोजगारीको अवसर पाउने भएकाले फर्म स्थापना हुन तारिफयोग्य कार्य भएको सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्लले अनुगमनका क्रममा बताए। यस्ता किसिमका कृषि क्रान्तिले यस क्षेत्रमा रहेका मानिसहरुको जीवनशैलीमा परिर्वतन आउने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.