|

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत भेटिएका छन्। ५८ वर्षीय वडा अध्यक्ष चन्द घरनजिकै कँडेधार भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका वडा नम्बर ४ कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए।

मंगलबार कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडा अध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका उनले बताए। मृतक चन्दको शव बाटोभन्दा केही तल लडेको अवस्थामा फेला परेको छ।
प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.