जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १३ स्थित ३४ जोडीको सामुहिक विवाहको विधि सुरु भएकै बेला मन्च नै भत्किएको छ। सोमबार मन्च भत्केपछि सामुहिक स्वयम्बर समारोह स्थगित गरिएको छ।
बेहुलाहरू मन्चमा बसिसकेका थिए। बेहुलीहरू मन्चमा चढ्ने क्रम सुरु भएपछि भत्किएको हो। मन्चमा भत्के पनि कुनै मानवीय क्षति भने भएन। उनीहरूलाई सामान्य चोटपटक लागेको छ। मन्च भत्किएपछि बेहुला-बेहुलीहरू आत्तिएका थिए।
अहिले उनीहरूलाई सुरक्षाकर्मी र स्वयंसेवक बाहिर निकालेका छन्। अब एकैपटक अलग-अलग टेन्टले नै बनाएको मरबा (घर) मा विवाह विधि हुन्छ।
उक्त विवाह समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, सांसदहरू, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेल, एसपी शेखर खनालसमेत सहभागी थिए।
विश्व हिन्दु परिषद नेपाल र मणि मण्डल समितिको संयुक्त आयोजनामा सामुहिक विवाह हुन लागेको हो। यसका लागि प्रदेश २ सरकारलेसमेत १० लाख रुपैयाँ सहयोग गरेको छ। विवाहमा दुई भारतीय जोडी र बाँकी सबै नेपालकै छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।