|

कञ्चनपुर : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारबादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताए।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले संचालन गरेको कालापानी अभियानको कञ्चनपुरको भीमदत्त नगरमा मंगलबार गरिएको समापन कार्यक्रममा अध्यक्ष केसीले भारतले जारी गरेको नक्सामा देखाएका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पीयाधुरा फिर्ताका लागि सरकारले कुटनीतिक पहलको थालनी गर्नुपर्ने बताए।

उनले राजनीतिक दलहरू राष्ट्रियता बचाउनका लागि एकजुट भएका बेला सरकारले कुटनीतिक पहल चाल्न नसकेकोमा चिन्ता व्यक्त गरे। उनले भारतको विरोध गरेकैले पो आपत्ति आइलाग्छ भन्ने सरकारलाई चिन्ता भएकाे पनि बताए। उनले भने, 'भूमि फिर्ताका लागि सरकारलाई जनताले दवाव दिनुपर्छ।'

सत्तामा रहिरहनका लागि नेपालका राजनीतिक दलहरू भारतको इसारामा चल्ने गरेको उनको भनाई थियो। दक्ष युवा स्वदेशमा रोजगारी नपाउँदा विदेशिनु परेको उल्लेख गर्दै उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यको थालनी सरकारले गर्नु पर्ने बताए। 

मंसिर ११ गते कैलालीको धनगढीबाट शुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, डोटी,दार्चुला हुँदै मंगलबार भीमदत्त नगरमा पुगेर समापन भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.