काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालका लागि निशा रावलले रजत पदक जितेकी छन्। नेपालकी ओलम्पिक खेलाडी निशाले भारतीय खेलाडी रोदाली बरुआसँग फाइलनमा पराजित हुँदा रजतमै चित्त बुझाएकी हुन्।
७३ केजी भन्दामाथिको भिडन्तमा उनी सेमिफाइनलमा निशा र श्रीलंकाकी नुवान्था लक्मलाई १४/२ ले पहिलो राउन्डमा पराजित गरेकी थिइन्। दोस्रो राउन्डमा पनि निशाले उनलाई ११ अंकले पराजित गरेकी थिइन।
तेस्रो राउन्डमा श्रीलंकन खेलाडीले १० अंक मात्रै बनाउँदा निशाले समग्रमा ३८ अंक प्राप्त गरेकी थिइन। निशाले स्वर्णका लागि भारतीय खेलाडीसँगको प्रतिस्पर्धामा भने उनी निराश भइन्।
भारतीय खेलाडी रादाली बाइ पाएर सिधै फाइनलमा पुगेकी थिइन्। फाइनलमा निशा भारतकी रादाली बरुआसँग पहिलो राउन्ड ९/१ ले पछाडी रहिन्। दोस्रो चरणको खेलमा ७ अंकले पछाडि परिन्। यस्तौ फाइनल चरणमा आवश्यक अंक प्राप्त गर्न नसक्दा निशाले निराश हुनुपर्यो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।