|

मोरङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङबाट एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ। 

विराटनगरको केशलीयामार्गस्थित सीआरभीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललाई ७ हजार घुससहित पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। 

दाहालले सेवाग्राहीलाई विभिन्‍न खाद्य सामग्री ओसारपोसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। दाहाललाई प्रहरीले विराटनगर महानगरपालिका-६ घाँसचोकबाट नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.