|

खोटाङ : खोटाङमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना. १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपका मालिक रमेश अधिकारीको मृत्यु भएको हो।

डुम्रेधारापानीबाट धान लिनका लागि डुम्रेधारापानीकै कटहरेबेँसीतर्फ जानेक्रममा रमितेभीरबाट जीप पल्टिएको स्थानीय शिक्षक बुद्धीनाथ कोइरालाले बताए। जीप करिब ८/९ सय मिटर तल खस्दा अधिकारीको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा परि जीपका चालक सल्यान शारदा नगरपालिका–४ शारदाकका २६ वर्षीय रामबहादुर कुवर भने गम्भीर घाइते भएका छन्। जिप चालक कुवरको स्थानीय स्वास्य संस्थामा उपचार भइरहेको छ। जीप दुर्घटनाको कारण खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.