|

सल्यान : शुक्रबार राति आएको हावाहुुरीले सल्यानमा लाखौंको क्षति पुगेको छ। हावाहुरीले छत्रेश्वरी गाउँपालिका–२ गुराँसेमा रहेको हाइटेक नर्सरी पूर्ण रुपमा क्षति पुर्‍याएको हो। 

कर्णाली प्रदेश कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा ७५ लाख रुपैयाँ बराबरको लगानीमा एक वर्षअघि निर्माण भएको नर्सरीको छाना उडाएको हाईटेक नेचुरल भ्यान्टीलेटर पोलिहाउसका सञ्चालक तेजबहादुर योगीले जानकारी दिए। हावाहुरीले २५ लाख रुपैयाँ बराबरको क्षति भएको योगीले बताए।

नर्सरीमा मौसमी तथा बेमौसमी तरकारी, टिमुर, ओखर, हलुवावेदलगायतका विरुवाको बेर्ना उत्पादन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.