अनु र अनिताको ह्‍याट्रिक

|

काठमाडौं : सशस्त्र प्रहरी बल (एपिएफ)की  सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन्। राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा सावित्रा एक्लैले नौ गोल गरेकी हुन्। 

लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपिएफले सिक्किमलाई १८-० गोलले हरायो। एपिएफका लागि अनु लामाले चार, अनिता बस्नेतले तीन तथा रेनुका नगरकोटीले दुई गोल गरिन्। पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप आठ गोल गरेको थियो।  

प्रतियोगिताअन्तर्गत आजैको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं. २ लाई ३–० गोलले हरायो। पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले एक–एक गोल गरेका थिए। मङ्गलबार प्रदेश नं.५ र भुटानको टोलीबीच खेल हुनेछ।

 अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं.५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली  सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिनुभयो। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.