सामग्री बेच्‍नेलाई पनि कारबाही

|

चीनले सामूहिक रूपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ। चीनले स्कूलका बच्चाहरूलाई पनि सार्वजनिकरूपमा क्रिसमस मनाउन रोक लगाएको हो। यो निर्देशनको अवज्ञा अवहेलना गरे कारवाही गरिने चिनियाँ सरकारले जनाएको छ।

चीनका चारवटा सहर र एक काउन्टीका अधिकारीहरूले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका हुन्। लाङफाङ र हिव्बेई प्रान्तमा यो प्रतिबन्ध लागेको विभिन्‍न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। 

समाचार एजेन्सीहरूका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरूले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमससम्बन्धी सामग्री बिक्री नगर्न निर्देशन दिएका हुन्। 'पसलहरूलाई उनीहरूका उत्पादनहरू सडकबाहिर राख्न दिँदैनौँ', एक अधिकारीले भने, 'क्रिसमससम्बन्धी कुनै पनि सामान बिक्री गर्न नदिने रणनीति बनाएका छौँ। यो केवल क्रिसमसको समयमा मात्रै होइन।'

इसाइ धर्मावलम्बीहरू तीव्र रूपमा फैलिँदै गएपछि चीनले चर्चहरूबाट क्रस चिह्न पनि हटाउँदै आएको छ। परम्परागत धर्म परम्पराको बदला पश्चिमा प्रभाव बढ्दै गएपछि चीनले यस्तो कदम चालेको हो।

क्याथोलिक चर्चको आडमा मिसनरीहरूले चीनको संस्कृतिमा प्रभाव जमाउँदै लगेको अवस्थामा सरकार कडा भएको हो। चीनको दक्षिण-पश्चिमी सहर नान्याङ र राजधानी बेइजिङनजिकै करिब ४० लाख जनसंख्या भएको सहर लाङफाङमा पनि क्रिसमसका सामान पसलबाट हटाउन लगाइएको छ।

लाङफाङमा क्रिसमसको तयारीमा गरिएका सजावट र गरिएको रंगरोगनसमेत हटाउन लागिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

गत वर्ष डिसेम्बरमा हुनान प्रान्तस्थित युनिभर्सिटी अफ दक्षिण चीनमा कम्युनिष्ट पार्टी युथ लिगका सदस्यलाई आचारसंहितामा हस्ताक्षर गर्न लगाइएको थियो। जसमा उनीहरूले क्रिसमससँग सम्बन्धित समारोहमा भाग नलिने शर्त थियो।

हुनान प्रान्तमा केही चर्च बन्द गरिएको छ। विश्वविद्यालयका विद्यार्थीलाई क्रिसमस नमाउने आचारसंहितामै हस्ताक्षर गर्न लगाइएको पनि समाचारमा जनाइएको छ।

लाङफाङका अधिकारले जारी गरेको सूचनामा भनिएको छ, 'कुनै पनि मानिसलाई क्रिसमस ट्री, टोपी र लुगा तथा सान्टा क्लजका मूर्ति बेचिरहेको भेटिएमा कारबाही गरिनेछ। पसलेलाई क्रिसमसका नाममा कुनै पनि गतिविधि नगर्न, सजावट नगर्न र सामानमा छुट नदिन पनि निर्देशन दिइन्छ।' 

- एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.