|

हेटौंडाः प्रदेश ३ को प्रदेश सभा सचिवालय भवन अगाडि आदिवासी जनजाती महासंघको नेतृत्वमा प्रदेशको नाम नेवाः तामसालिङ राख्न माग गर्दै प्रदर्शन भएको छ। 

बुधबार प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनु पर्ने भन्दै नामाकरणको सन्दर्भमा नेकपा सचिवालयले गरेको निर्णय सच्याउन आग्रह गरेको छ।

आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङका अनुसार प्रदेशको नाम नेवाः तामसालिङ हचुवाको भरमा नभई जनसंख्या र पहिचानको आधारमा माग गरेको बताए।  

हेटौंडामा भइरहेको प्रदर्शनमा नेवाः तामसालिङ समन्वय समिति, नेपाल तामाङ घेदुङसहित विभिन्न जातीय संस्थाहरूले समर्थन गरेको तामाङ घेदुङ मकवानपुरका अध्यक्ष आत्माराम मोक्तानले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.