|
फाइल तस्बिर

म्याग्दी : मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ। 

शुक्रबार राति करिब १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए। आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ। आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेको प्रहरीको अनुमान छ। 

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक शर्माले बताए। आगजनीपछि विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.