|

काठमाडौं :  पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूतावासले धेरै नेपाली किर्गिस्तानमा अलपत्र परेको भन्दै अवैध बाटोमार्फत त्यसतर्फ नजान आग्रह गरेको छ।

दुतावासले किर्गिस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिएर ठगी गर्ने र त्यहाँ लगेर अलपत्र पार्ने क्रम बढेको बताएको छ। अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको र केही फर्किने क्रममा रहेको बताएको छ।

‘नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको छ’, दूतावासले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानूनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.