|

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका ४ को मन्घरमा ट्याक्टर दुघटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

शुक्रबार बिहान जाजरकोटको सुयाडादेखि दैलेखको भगवतीमाई गाउँपालिका मुकाम बेस्तडा बजार आउँदै गरेको भे. १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भगवतीमाई गाउँपालिका ५ का २० वर्षीया भीमबहादुर विकको घटनास्थलमै मृत्यु भएको बेस्तडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले बताए।

घाइते हुनेमा ट्याक्टर चालक २८ वर्षीया दीपक विक र सहयोगी १९ वर्षीया ललित विक रहेको प्रहरी जानकारी दिएको छ। घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। ट्याक्टर सडकबाट झण्डै ३ सय मिटर तल खसेको प्रहरी सहायक निरीक्षक कँडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.