|

काठमाडौं : सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर नेपालमा पहिलो पटक माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी आयोजित प्रथम राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्व कला प्रतियोगिताको विजेता घोषणा गरिएको छ।

‘मुनः गेटवे टू द स्टार्स’ शीर्षकमा संचालन गरिएको प्रतियोगितामा पोखराको एसओएस हरमन माइनर मावि कक्षा १२ मा अध्ययनरत सौगात केसी पहिलो, बुटवलको न्यू होराईजन इंग्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत स्मारिका न्यौपाने दोस्रो तथा धनुषा साइन्स क्याम्पस जनकपुर कक्षा ११ का वीरचन्द्र कमाती तेस्रो भएका छन्।

असोज १ गतेदेखि मंसिर १४ सम्म अनलाइन आवेदन खुल्ला गरिएको थियो। जसमा देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट १० लाई नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोले आफ्नो युट्युब च्यानलमार्फत सार्बजनिक गरेको थियो।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। उनीहरूलाई आगामी भदौ ९ गते काठमाडौंमा हुने तेह्रौं नासो दिवसमा अवसरमा उक्त पुरस्कार प्रदान गरिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.