दुई वर्षमा ९० अर्ब सकियो

|

काठमाडौं : सरकारले हवाई सञ्‍जाल विस्तारको लागि ठूलो लगानीको तयारी गरेको छ। नेपालको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याउन सक्‍ने क्षेत्र उड्‍यन क्षत्रलाई विस्तारका लागि सरकारले विमानस्थललाई प्राथमिकतामा राखेको हो।

नेपाल नागरिक उड्‍डयन प्राधिरकणका अनुसार पछिल्लो दुई वर्षमा मात्रै ९० अर्ब रुपैयाँ भन्दा बढी विमानस्थल विस्तार तथा सुधारमा खर्च भएको छ। जसको ३८ प्रतिशत जग्गा अधिग्रहण र ६२ प्रतिशत पूर्वधार विकासमा खर्च भएको प्राधिकरणको तथ्यांक छ।

प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो दुई वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८८ अर्ब रुपैयाँ खर्च भएको छ। जसमा ३३ अर्ब जग्गा अधिग्रहणमा र ५० अर्ब रुपैयाँ पूर्वधार विकासको लागि खर्च गरेको छ।

अहिले सञ्‍चालमा रहेका मध्य त्रिभुव विमानस्थल मात्रै अन्तर्राष्ट्रिय विमानस्थल रहेपनि पोखरा, गौतमबुद्ध र निजगढ विमानस्थलमा पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा अघि बढाएको छ।

आन्तरिकतर्फ पछिल्लो दुई वर्षमा सात अर्ब रुपैयाँ खर्च गरको छ। आन्तरिक तर्फ नयाँ विमानस्थल भन्दा पनि भएका विमानस्थल सुधारमा बढी खर्च भएको छ। सात अर्ब रुपैयाँमध्ये एक अर्ब रुपैयाँ जग्गा अधिग्रहण र ६ अर्ब रुपैयाँ पूर्वधार विकासमा खर्च भएको छ।

पाँच वर्षमा तीन खर्ब ३५ अर्ब खर्च गर्ने योजना

सरकारले आगामी पाँच वर्षको लागि विमानस्थल निर्माण तथा विस्तारको लागि तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको बजेटलाई आधार मान्ने हो  भने वार्षिक बजेटको २१ प्रतिशत बजेट यस क्षेत्रमा रहेको छ।

आगामी पाँच  वर्षको लागि गरिएको खर्च योजना अनुसार ११ प्रतिशत जग्गा अधिग्रहणको लागि र ८९ प्रतिशत पूर्वधार विकासको लागि खर्च गरिने योजना रहेको छ।

अहिले अधिकांश विमानस्थलको लागि जग्गा अधिग्रहणको काम सकिएको कारण ११ प्रतिशत रकम जग्गा अधिग्रहण हुने लक्ष्य रहेको प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले बताए।  प्राधिकरणको रहेको छ।

जम्मा खर्च गर्ने बजेट मध्ये २३ प्रतिशत आन्तरिक विमान स्थलको लागि र ७७ प्रतिशत अन्तर्राष्ट्रिय विमानस्थलको लागि खर्च गर्ने योजना प्राधिकरणको रहेको छ।

आगामी पाँच वर्षको लागि अन्तर्राष्ट्रिय विमानस्थल लागि गरिएको खर्च मध्ये करिब ५० प्रतिशत निजगढ विमानस्थलको मात्रै रहेको छ भने अन्य विमानस्थललाई ५० प्रतिशत रहेको छ।

अहिले सञ्चालनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ भने गौतमबुद्ध विमानस्थल निर्माणको काम अन्तिम चरणमा रहेको छ भने पोखर अन्तर्राष्ट्रिय विमानस्थलको पनि धेरै काम सकिएको छ। त्रिभुवन विमानस्थलको स्तोरउन्नतीकव काम पनि सरकारले अघि बढाएको छ।

आन्तरिक विमानस्थल तर्फ रकारले तराईका विमान्स्थललाई ठूला जहाज बस्ने मिल्ने गरी स्तोरउन्नती गर्दे छ। सम्भव भएको स्थानसम्म ८०० मिटर भन्दा धेरै रहनवे बनाउने लक्ष्य सरकारको रहेको छ। यसको लागि दीर्घकालीन योजना बनाएर अघि बढेको प्राधिकरणले जनाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अबको पाँच वर्षको लागि गर्नु पर्ने काम धेरै भएको र ठूलो लगानी आवश्‍यक रहेपनि सरकारले लगानी जोहो गर्ने बताए। ‘काम धेरै छ, लगानी पनि ठूलो छ, तर हामी हाम्रो स्रोत प्रयोग गर्छौँ, अन्तर्राष्ट्रिय लगानी पनि थप्छौ’ मन्त्री भट्टराईले भने।

अहिले देशभर एक पटक सञ्चालनमा आएर सञ्चालन हुन नसकेका र अहिले सञ्‍चालनमा रहेका गरी ५४ विमानस्थल रहेका छन् । जसमा ३२ विमानस्थल सञ्चालन रहेका छन् भने २२ विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।

'वार्षिक एक करोड पर्यटक ल्याउने गरी पूर्वाधार बनाउँदैछौं'
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.