|

काठमाडौं :  सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लगातार तीन पटक कांग्रेसले संसद अवरुद्ध गरेपनि अरुबेला जस्तो सरकारसाग कुनै माग नै नराखेको बताए।

संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहीँ पनि नजोडिएको उनले बताए। 'कहाँ सहयोग गर्नुपर्‍यो हामीले भनिरहेका छौँ । तर त्यो कुरा आएको छैन। अख्तियारले एकतर्फी मुद्दा दायर गरेको देखिँदैन', उनले भने, 'संवैधानिक अंगले चलाएको मुद्दामा सत्तापक्ष वा अर्को पक्ष भन्‍ने हुँदैन। अदालतमा प्रवेश गरेको मुद्दामा संसदमा प्रश्‍नसमेत गर्न पाइँदैन।’

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले अख्तियारले भेदभावपूर्ण रुपमा निर्णय गरेको बताए। लगातार संसद बैठक अवरुद्ध हुनु राम्रो नभएको भन्दै उनले यो विषयलाई गम्भीरतापूर्वक छलफल गरेर टुंगो लगाउनुपर्ने बताए।

आइतबारका लागि बोलाइएको संसद बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो। ललिता निवास प्रकरणमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरेको भन्दै लगातार तेस्रो पटक संसद अवरुद्ध गरेको हो। आइतबार सभामुखले कांग्रेस सांसदलाई बोल्ने समय दिनुभएको थिएन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.