|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैछन्। दुई बर्षे अवधिमा गरेका कामबारे जानकारी गराउन प्रधानमन्त्री संसद छिर्नुअघि नै उनका प्रेस सल्लाहाकार सूर्य थापाले सरकारका १४ उपलब्धि भन्दै लामो फेरिहस्थ प्रस्तुत गरेका छन्।

'विश्वका १४ सूचकहरूमा नेपालको प्रगति स्थान, दुई बर्षका उपलब्धिहरू बुझ्न आँखीझ्याल' शीर्षक राख्दै थापाले 'प्राइम मिनिस्टर्स प्रेस एड्भाइजर' नामको फेसबुक पेजबाट सरकारका उपलब्धीको सूची सार्वजनिक गरेका हुन्‌।

यस्ता छन् प्रम ओलीका प्रेस सल्लाहकार थापाले सरकारका उपलब्धी भन्दै सार्वजनिक गरेका बुँदाहरु :

१. विश्व बैंकको व्यवसायसम्बन्धी सूचाकाङ्क (डुइङ विजनेश इन्डेक्स) ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको भन्ने देखाएको छ। गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औं स्थानमा उठेको छ। यो एक वर्षमा हामी विश्वस्तरमा नै १६ स्थान अगाडि बढेका छौं।

२. मानव विकास सूचाकाङ्क, जो संयुक्त राष्ट्र संघीय मानव विकास प्रतिवेदनले सार्वजनिक गरेको छ, त्यसमा २ स्थान प्रगति गरि नेपाल १४९ औंबाट १४७ औं  स्थानमा अगाडि बढेको छ।

३. भोकमरी सूचकांकमा अहिले नेपालको स्थिति सुध्रिएको छ र यो ७३ औं स्थान (२०.८ प्राप्तांकसहित) मा रहेको छ। यसले पनि प्रगति र विकासको संकेत गरेको छ।

४. शान्ति सुव्यवस्थाको स्थिति कस्तो छ त ? विश्व शान्ति सूचक ९ग्लोबल पीस इन्डेक्स० मा नेपालले यस बर्ष १२ बिन्दुले सुधार गरेको देखिएको छ, अर्थात् नेपाल यसरी सुधारको स्थितिमा अगाडि बढेको छ। १६५ देशमध्ये नेपाल ७६ औं स्थानमा आइपुगेको छ। जबकि, अरु देशहरूको स्थिति फरक छ। बंगलादेश १०१ औं स्थान, चीन ११० औं स्थान, भारत १४१ औं स्थान र पाकिस्तान १५३ औं स्थानमा रहेका छन्।

५. विधिको शासनको सूचकमा नेपाल २ स्थान माथि उठेको छ। गत वर्षभन्दा यस बर्ष क्रमशः यो माथि जाँदै छ। विश्वका १२६ देशहरूमध्ये नेपाल ५९ औं स्थानमा रहेको छ।

६. भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल ११औं स्थान माथि चढेको छ र १२४ औं स्थानबाट ११३ औं स्थानमा पुगेको छ।

७.  विश्वव्यापी खुशी मापन सूचक (ह्याप्पीनेश इन्डेक्स) मा के छ त र? खुशी मापनमा पनि नेपाल अहिले ३ स्थान माथि उठ्न सकेको छ।

८. आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्याङकनसम्बन्धी विश्व सूचक (कन्ट्री परफमेन्स एण्ड इन्सिच्यूशनल एसिसिमेन्ट–सीपीआइए) मा हाम्रो मुलुक १ तह ९३.४ बाट ३.५० माथि उठेको छ।

९.  विश्व प्रतिस्पर्धासम्बन्धी सूचकमा पनि १ स्थान (१०९ औं बाट १०८ स्थान) माथि उठेको छ।

१०. लैङ्गिक समानताको विश्व सूचकमा गत वर्षभन्दा १ स्थान माथि उठेको छ। गत वर्ष नै हामी अगाडि थियौं, त्यसमा पनि यस वर्ष अलिकति माथि उठेको अवस्था रहेको छ।

११. विश्व भ्रमण तथा पर्यटनसम्बन्धी सूचक : यसमा 'टुरिजम कम्पिटेटिभ इन्डेक्स'मा नेपाल फेरि १ स्थान माथि उठेको छ। यसरी विश्व सूचकहरूमा नेपाल अनेक कोणबाट अगाडि बढेको स्पष्ट छ। नेगेटिभ सूचकहरू छैनन्।

१२. जर्मनीको प्रसिद्ध Wander Hust Magazine ले विश्वमा भ्रमण गर्नैपर्ने १५ मुलुकमा नेपाललाई समावेश गरेको छ। यसबाट पर्यटकीय विश्व बजारमा नेपाल विशेष र उल्लेखनीय गन्तव्यका रूपमा विख्यात भएको छ। नेपाल भ्रमण बर्ष २०२० अभियानको सफलताका लागि यो महत्त्वपूर्ण आधार हो।

१३. विश्व बैकले हालै सार्वजनिक गरेको 'वुमेन, बिजनेस एण्ड द ल, २०२०' रिपोर्टका महिला, व्यवसाय र कानूनका क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशको सूचिमा नेपाल परेको छ, त्यो पनि उत्कृष्ट तीनमा। यसले महिला सशक्तिकरणको क्षेत्रमा नेपाल विश्वमै अग्रणी स्थानमा देखाएको छ।

१४. संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)को विश्व प्रतिवेदन 'अ वल्ड रेडी टु लर्न' मा सन् २००० पछिका १७ बर्षहरूमा नेपालको विद्यालय भर्ना दर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको भनी प्रशंसा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.