हानिकारक र गलत सूचनामाथि रोक लगाउन ३५,००० प्राविधिक खटायो

|

फेसबुकले हानिकारक र गलत सूचनामाथि रोक लगाउन थप कडा कदम चाल्ने घोषणा गरेका छ।

इन्टरनेट सञ्जाल फेसबुकका प्रमुख मार्क जुकेरबर्गले हानिकारक अनलाइन सामग्रीमाथि थप नियमन गर्न आग्रह गरेका छन्। तर यसले अभिव्यक्ति स्वतन्त्रताको वैधतामा कुनै असर नगर्ने उनले दाबी गरेका छन्।

सामाजिक सञ्जालमा हानिकारण गलत सूचनाहरुमा रोक लगाउन अहिले ३५ हजार सदस्यीय टोलीले त्यस्ता सामग्रीहरुमाथि पुनरावलोकन गरिरहेको जानकारी दिएका छन्। कृतिम बौद्धिकता (एआई) समेतको सहयोगमा यो काम भइरहेको र दैनिक लाखौं नक्कली फेसबुक खाताहरु नष्ट गरिएको जानकारी दिए। 

चीनको कोरोना भाइरसबारे फैलिरहेको अतिरञ्जनाबारे टिप्पणी गर्दै जुकेरबर्गले यस्ता हर्कतहरु दोहोरिरहेकाले फेसबुकले इन्टरनेट सामग्रीहरुमा थप कडाइ गर्न लागेको जानकारी दिएका हुन्। 

जर्मनीको म्युनिख सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै जुकेरबर्गले गलत सूचनाहरुको प्रवाह रोक्न थप कडाई गरिरहेको उल्लेख गरे। यसअघि पनि फेसबुकमाथि राजनीतिक मुद्दाहरु प्रचार गरेको आरोप लागिसकेको छ। 

सन् २०१८ मा कम्पनीले अमेरिका र विश्वव्यापी रुपमा राजनीतिक प्रचारबारे नयाँ नियम ल्याएको थियो। तर फेसबुकले भने अबदेखि प्रायोजन गरिएका सामग्रीहरु इन्टरनेट र आफ्नो डाटावेशमा नराख्ने बताइसकेको छ। 

कम्पनीहरुले आफ्ना सामग्रीका लागि प्रायोजनभन्दा राजनीतिक विज्ञापनहरुको तथ्य जाँच नहुने जनाउँदै जुकेरबर्गले भनेका छन्, निजी कम्पनीहरुको अभिव्यक्ति स्वतन्त्रताका हकमा हामी धेरै निर्णय गर्न सक्दैनौं, तर यसमाथि सन्तुलित सामाजिक स्वामित्व कायम राख्न केही गर्नैपर्ने भएको छ। 

सरकारहरुले पनि सामाजिक सञ्जालका लागि नयाँ नियमनकारी सञ्जाल विकास गर्नुपर्ने उल्लेख गर्दै जुकेरबर्गले टेलिकम र मिडिया कम्पनीहरुका लागि मौजुदा कानूनमा केही संशोधन गर्नुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.