|

काठमाडौं : नेपालका लागि भारतीय राजदूत  विनयमोहन क्वात्राले सत्तारुढ दल  नेकपाका वरिष्ठ नेता माधवकुमार  नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र भारतको हितका बारेमा कुराकानी भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए।  हिजो मात्रै राष्ट्रपति विद्यादेवि भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका क्वात्राले त्यस लगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका थिए। 

त्यसपछि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेका राजदूत क्वात्राले भारतका  रक्षामन्त्रीलाई नेपाल भ्रमणको लागि पठाइएको निमन्त्रणाका लागि कृतज्ञता व्यक्त गर्दै राजदूत क्वात्राले भारतका रक्षामन्त्रीबाट यथाशीघ्र नेपाल भ्रमण हुने व्यवस्था मिलाउन आफूले आवश्यक पहल गर्ने जनाएका थिए। 

रक्षामन्त्री पोखरेलले अघिल्लो हप्ता आफूले भारतीय समकक्षीलाई  नेपाल भ्रमणको निम्ता पठाएका थिए। त्यस्तै  नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने बारेमा पनि परामर्श भएको रक्षा मन्त्रलायले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.