|

बलिउडमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनु श्री दत्तामाथि अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ।

यसका साथै बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ। यसअघि तनु श्रीले नाना पाटेकरको संस्थामाथि पनि विभिन्न आरोप थोपरेकी थिइन् भन्ने खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

तनु श्रीले सन् २०१८ को अक्टोबरमा ‘हर्न ओके प्लिज’को फिल्म सुटिङका दौरान नानामाथि गलत आशयले छोएको र यौनहिंसा गर्ने कोसिस गरेको आरोप लगाएकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.