|

बारा : सयौँ किलोको माला लगाएका कारण नेताहरू आलोचित हुँदै आएका छन्। बारामा आइतबार आयोजित एक कार्यक्रममा भने पूर्वमन्त्री मातृका यादबले आलोचनाबाट जोगिएका छन्।

पूर्वमन्त्री यादवले अस्वीकार गरे

निवर्तमान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई ५१ किलोको सयपत्रीको माला लगाउने तयारी थियो। बाराको करैयामाई गाउँपालिका-४ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रमको प्रमुख अतिथि रहेका नेकपा स्थायी कमिटी सदस्य यादबले माला लगाउन मानेनन्।

वडाको लौतनमा २० लाख लागतमा भवन निर्माण सुरु गरिनेछ। स्थानीय साधु साह कानुले दान गरेको १० धुर जमिनमा बन्न लागेको भवनको पूर्वमन्त्री यादवले धार्मिक विधिअनुसार शिलान्यास गरे।

शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफू मालाको पक्षमा नरहेको बताए। उनले भने, ‘माला बुर्जुवा संस्कृति हो। म शहीद भएपछि लगाइ दिनू।’

वडा अध्यक्षलाई लगाइ दिए

प्रमुख अतिथिको लागि तयार गरिएको कार्यक्रमको अध्यक्षता गरेकी वडा अध्यक्ष जनाबी खातुलाई लगाइयो। सम्बोधनका क्रममा पूर्वमन्त्री यादवले भने, 'फूलको किन अपमान गर्नु भनेर हामीले एउटा सल्लाह गरेको छौँ।'

अर्का पूर्वमन्त्री पुरुषोत्तम पौडेल र पूर्वमन्त्री यादवको सल्लाहमा वडा अध्यक्ष खातुनलाई माला लगाउँदै यादवले भने, ‘यो माला सुशासनको भारीस्वरूप बोकाएका हौँ।’ मधेसको गाउँपालिकामा मुस्लिम महिलाले वडा अध्यक्षमा निर्वाचित भएर जनताको सेवामा समर्पित हुन आग्रह गरे।

कार्यक्रममा संविधानसभाका सदस्यहरू गोपाल ठाकुर जयरखम दाहाल, नेकपा केन्द्रीय सदस्य दिनेश कुमार राई, करैयामाई वडा नं ४ का अध्यक्ष सोनालाल साहको लगायतले मन्तब्य राखेका थिए।

चाकडीको श्रृंखला

राणा–राजाको शासनमा राजतन्त्रमा सुरु भएको चाकडी मानसिकता प्रजातन्त्र हुँदै गणतन्त्रसम्म दोहोरि नै रहेको छ। गणतान्त्रिक देशका नेताले राजा–राणा शासनकै जस्तो चाकडीको भद्दा दृश्य देखाइरहेकै छन्। राजतन्त्र र पञ्चायतका चाकडीकै धङधङी बोकेर नेताहरू डुलिरहेका छन्।

मालाले सम्मान गर्नु हाम्रो मौलिक संस्कारलाई समेत बद्नाम गर्ने गरि सय किलोभन्दा बढी तौलको मालाले चाकडीको अर्को रुप बेला–बेलामा प्रदर्शन भइरहेको छ। काँधले नै थाम्न नसक्ने गरी माला लगाउने नेताको सूचीमा के सत्तापक्ष, के विपक्ष दुवैतर्फका छन्।

ठूला नेता सबै उस्तै

सत्तापक्षका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, ऊर्जामन्त्री बर्षमान पुन, पूर्वमन्त्री जनार्दन शर्मासम्म यो सूचीमा छन्। विपक्ष दल नेपाली कांग्रेसका पनि सभापति शेरबहादुर देउवादेखि कोइराला परिवारका तीन नेतासम्म छन्।

गत फागुन ४ गते कोइराला परिवारका गिरिजाप्रसाद कोइराला फाउन्डेसनले फोटो प्रदर्शन र विचार गोष्ठीमा कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइरालालाई पर्सामा १५१ किलोको एउटै माला लगाइदिए। पर्सा नै जाने क्रममा बाराको सिमरामा गत फागुन ८ गते पार्टी सभापति देउवाको काँधमा १२१ किलोको माला लगाइयो।

त्यसपछि कात्तिक १३ मा कलैयामा उपभोक्ता हित संरक्षण मञ्चको कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपाललाई १५१ किलोको एउटै माला लगाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.