|
धादिङको नेत्रावती गाउँपालिकामा साबुनपानीले हात धुँदै वृद्धा

धादिङ : कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न स्थानीय तहले गाउँगाउँमा सचेतना कार्यक्रम सुरु गरेका छन् । अभियानका क्रममा धादिङको नेत्रावती गाउँपालिकाले सर्वसाधरणको उपस्थिति १३ वटा स्थानमा साबुनसहितको धारा राखेर हात धुने व्यवस्था मिलाएको जनाएको छ । 

गाउँपालिका कार्यालय, पाँच वटा वडा कार्यालय, तीन वटा स्वास्थ्य संस्था र चार वटा सामुदायिक स्वास्थ्य एकाइमा गरी १३ वटा स्थानमा साबुनपानी र सेनिटाइजरसमेत राखिएको स्वास्थ्य शाखाका प्रमुख कृष्णबहादुर पौडेलले जानकारी दिए।जिल्ला सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिकाले पनि कार्यालयमा प्रवेश गर्नुअघि अनिवार्य सफापानीले हात धुने व्यवस्था मिलाएको छ।त्यसै गरि धुनिबेसी नगरपालिका, थांक्रे, गल्छी,गजुरी, वेनिघाट रोराङ लगायतका गाउँपालिकामा पनि जनचेतना अभियान सुरु भएको जनाइएको छ । 

अधिकांश पालिकाले कार्यालय प्रवेश गर्नुअघि कर्मचारी र सेवाग्राही सबैलाई सेनिटाईजरको प्रयोगलाई अनिवार्य गराएका छन्।यसै गरि पोष्टर, पर्चाका साथै रेडियोमार्फत पनि जनचेतनामूलक प्रचार गरिरहेका छन्।धादिङबेसीमा रहेको एक मात्र जिल्ला अस्पतालले पाँच बेडको आइसोलेसन वार्ड स्थापना गर्ने भएको छ । 
       
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.