सुनसरी : इनरुवा नगरपालिका ६ स्थित सडकमा मे ९ प १८७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएर अन्दाजी ५० वर्षीय साइकल यात्रु एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सप्तरी राजबिराज नगरपालिका ६ बस्ने ४० वर्षीय विष्णुदेव यादवको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाकाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।