|

काठमाडौ :  गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाल सरकारलाई चार हजार ‘टेस्टकिट’ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सचिव यादवप्रसाद कोइरालाले स्वास्थ्य सामग्री अभावकाबेला विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए।

उनले महामारी नियन्त्रणका लागि प्राप्त सामग्रीलाई सम्बन्धित स्थानमा पु¥याइने प्रतिबद्धता समेत व्यक्त गरे। एनआरएनए दक्षिण कोरियाले ‘एक नेपाली एक हेल्थ किट’ नारासहित सहयोग सङ्कलन गरेको थियो। एनआरएन दक्षिण कोरियाका केन्द्रीय सदस्य बी.मणि दाहालकाअनुसार, एनआरएन दक्षिण कोरियाले दिने ठूलो परिणमको सहयोग चीनबाट ल्याउनै बाँकी छ।

कोरियाबाट ल्याइएका चार हजार टेस्टकिट र स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) मात्र अहिले सरकारलाई बुझाइएको हो। उनका अनुसार, एक करोड ४० लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ।

सङ्घका अनुसार, कोरियाबाट ल्याइएको एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमूना परीक्षण गर्न सकिने छ।  सो किटले तीन घण्टामै नतिजा दिने जनाइएको छ । दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनमा एक करोड ४० लाख नेपाली रकम जम्मा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.