वीरगञ्‍जका शंकास्पद स्थानमा सिल

|

पर्सा : स्थलमार्ग हुँदै मुलुकको प्रमुख नाका वीरगञ्जबाट कोरोना पनि भित्रिएको छ। भारतबाट आएर वीरगन्जमा बसेका भारतीय मुस्लिम नागरिकमध्ये ३ जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालको मुख्य नाकाबाट कोरोनाको संक्रमण पनि पनि भित्रिएको पाइएको हो। 

यो भन्दा अगाडि नेपालमा फेला परेका कोरोना संक्रमित सबै नेपाली थिए। तिनमा दुईजहाज सुदूरपश्चिम नाकाबाट छिरेका थिए भने अन्य हवाई मार्गबाट नेपाल आएका थिए। एकजना महिलालाई नेपालमै संक्रमण भएको थियो। 

वीरगन्ज आएका जमातीमा २४ जनाको समूह 

जमातीमा नेपाल आएका भनिएका भारतका २४ मुस्लिम नागरिकमध्ये ३ जनाको थ्रोट स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आयो। संक्रमित तीनैजनालाई गत शुक्रबारबाट नारायणी अस्प्तालको आइसोलेसन वार्डमा राखिएको छ। 

२४ जनाको एउटै समूहमा नेपाल प्रवेश गरेकामध्ये १४ जना एकै मस्जिदमा रहेको पुष्टि भएको हो। 

संक्रमित फेला परेसँगै उनीहरु कहिले नेपाल प्रवेश गरेका थिए? कहाँ कहाँ बसे? को को सँग सम्पर्क गरे? भन्ने कुराले यतिवेला सबैको टाउको दुखाएको छ। 

एउटै समूहमा आएका २४ जनाको समूहमध्ये १४ जनाको समूह वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित ‘मक्की जामे मस्जिद एतिमखाना डारुल एतामा इस्लामिया’ मा १६ दिनबाट बस्दै आएको मस्जिदका मौलाना अलि अस्गर मदनीले बताए। 

एतिमखाना पनि भएको र यहाँ बच्चाहरु बस्छन् भन्दा जामाती चलाउने सकिल अहमद शेख लगायतले केही दिनको लागि भनी उनीहरुलाई ढिपी गरी पठाएको उनको भनाइ छ। 

सकिल पर्साकै बोडगाईंका स्थानीय बासिन्दा भएको र उनी खाने पानीमा काम गर्दै वीरगन्जको १ नम्बर वडा छपकैयामा नै डेरा गरी बस्ने उनको भनाइ छ। उनी लगायत ४÷५ जनाको जमाती चलाउने टोली छ उनले भने। 

आफ्नो एतिमखानामा पूर्वतर्फ मस्जिद र पश्चिमतर्फ स्कुल एतिमखाना भएकोले उनीहरु आएपछि मस्जिदमा कोही पनि भित्रका मानिस नवाज पढ्न नगएको उनको तर्क छ। संक्रमणको हल्लाले हामी उनीहरुसँग सम्सर्गमा आएनौं मौलाना अलि अस्गरले दावी गरे। 

मैले यहाँ जमातीहरु बस्छन् भनी स्थानीय प्रहरी सहायक निरीक्षकसहित दुईजना सुरक्षाकर्मीलाई समेत यो कुरा जानकारी गराएका थिए। उनीहरुले सबैको निरीक्षण गरेर गएका थिए। 

मौलाना अलि अस्गरको भनाइ

जमाती गत डिसेम्बर ४ तारिखमा नै नेपाल आएको थियो। उनीहरु फागुनको ३, ४ र ५ अर्थात फेव्रुअरी १५, १६ र १७ गते सप्तरीको जाँजरगाउँमा भएको धार्मिक भेलामा पुगेर सुनसरी र रौतहट हुँदै विभिन्न मस्जिदमा बस्दैै पुनः १६/१७ दिन पहिले वीरगन्जको मर्कजमा आइपुगेका हुन्। 

केही दिन मुर्ली र त्यसपछि आठ दश दिनबाट यो मस्जिदमा पठाएको बुझेको हुँ। जमाती चलाउने काम मर्कजका अगुवाहरुले गर्छन्। 

चार महिनाका लागि नेपाल आएको भनिएका जमातीको गएको चैत २२ गते अर्थात ४ तारिखमा फिर्ता जाने टिकट थियो। 

पछि फेरि दुवै देशको लकडाउनका कारण पुनः १५ तारेखको मिति सरेको मर्कजका अगुवा सकिल शेखको भनाइ उदृत गर्दै उनले भने। ‘यसरी हिँड्नेको पहिले नै टिकट तयारी गरेको पनि हुन्छ’, मौलाना अस्गरले बताए। 

जमाती सुरुमा वीरगन्जको मर्कजमा आउँछन् 

वीरगन्जमा जमाती आउँदा वीरगन्ज वडा नम्बर ३ छपकैयाकै मदर्शा वरकतुल ओलुम भन्ने ‘मर्कज’मा पहिले आउँछन्। यहाँ आएपछि उनीहरुलाई कता कता राख्ने भन्ने निर्णय त्यहाँका अगुवाहरुले गर्छन्। 

बाहिरबाट आएका जमातीलाई विभिन्न मस्जिदमा पठाउँने अगुवाहरुलाई जमाती चलाउने भनिन्छ। त्यही अनुसार जमाती चल्छ। मदर्शा वरकतुल ओलुमका अध्यक्ष मसवर अंसारी (रियाज) ले भने। जमातीमा अमिर भन्ने लिडर हुन्छ। 

त्यस अमिरले जे भन्यो उसैको कमाण्डमा जमाती मस्जिदमा रहने बस्ने गर्छ उनले भने। पहिले म पनि जमाती चलाउँथे। गतबर्ष अलि विवाद आएपछि म चलाउन छोडे। अहिले सकिल मोहमद शेख र हाजी अब्बासले जमाती चलाउँछन्। मर्कजका अध्यक्ष अंसारीले थपे।

 यो मर्कज आठ जिल्लाको हो। सुरुमा बाहिरबाट आउने जमाती यहि आइपुग्छन् उनले विस्तारमा बताए। जमाती कतिदिन कुन मस्जिदमा बस्छ लगायतको थप कुरा जमाती चलाउनेले रजिष्टर मेन्टेन्स गरी राखेको हुन्छ अन्सारीले बताए। 

घुसुकपुर मस्जिदमा १० जना 

जमातीमा आएको २४ जनाको टोलीमा आएका अरु १० जना भने वीरगन्ज १ घुसुकपुरमा रहेको अर्को हजरत बिलाल भन्न मस्जिद बसेका थिए। 

ती १० जना सहित स्थानीय ३ मौलाना र सो मस्जिदको रेखदेख गर्ने २ जनालाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको छ। 

मक्कि जामे मस्जिदमा रहेका ११ जनालाई पनि शनिबार साँझ नै प्रहरीले नियन्त्रणमा लिई २६ जनालाई शनिबार नै वीरगन्जको सिद्धार्थ माविमा रहेको क्वारेन्टाइनमा राखिएको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए। 

गएको बिहीबार जमातीको स्वास्थ्य परिक्षणको लागि जमाती चलाउने सकिल लगायतले वीरगन्जको नारायणी अस्पतालमा पु¥याएको थियो। त्यहा लगिएका टोलीका सबै सदस्यको 

जमातीको नियम 

जमाती आफ्नै खर्चमा ३ दिन, १० दिन, ४० दिन र ४ महिनाका लागि निस्कने गर्छ। नेपालमा डिसेम्बर आएको जमाती ४ महिनाका लागि आएको मुस्लिम अगुवाहरुले बताउँछन्। लकडाउन पूर्व नै उनीहरु नेपाल आए पनि फर्कने समयमा उनीहरु यतै रोकिएर मस्जिदहरुमा बसेको उनीहरुको भनाइ छ। 

एरिया सिल 

वीरगन्जको वडा नम्बर २ र १ को जामाती बसेको एरिया मध्यान्हपछि सिल गरेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए। 

आफ्नै निर्देशनमा स्थानीय सुरक्षाकर्मीले एरिया चाही सिल गरेको छ। बाँकी पूर्व तयारी नै केही छैन। नारायणी अस्पताल केन्द्रको मातहतमा छ। अझै कोरोना परिक्षणको किट समेत पठाएको छैन। हामी लोकलमा के नै गर्न सक्छौं र उनले तर्क गरे। 
बल्ल कोरोना हस्पिटल 

कोरोना हस्पिटल बनाउन पटक पटक माथि पहल गर्दा अझैसम्म वीरगन्जलाई प्रदेश र केन्द्रले उपेक्षा गरेको नगर प्रमुख सरावगीको आरोप छ। 

‘नाकामा भएको अस्पताललाई कुनै वास्ता गरिएन’, उनले भने, ‘बल्ल प्रदेश सरकारले बाराको कलैया अस्पताललाई कोरोना अस्पताल बनाउने भन्दैछ। पूर्व तयारी नै ढिलो भयो।’ महानगरपालिकाले त राहत उपलब्ध गराइदिने, थप सहयोग र सहकार्य चाहिए समन्वय मिलाउने मात्रै भएको उनले तर्क गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.