सरकार भन्छ : लकडाउन खुलेपछि ल्याउँछौं

|

काठमाडौं : यतिखेर विश्‍वभर कोरोनाको त्रास छ। कोरोना भाइरसका कारण विदेशमा रहेका १५ भन्दा धेरै नेपालीले ज्यान गुमाइसकेका छन्।  

विश्‍वका दुई सय भन्दाबढी राष्ट्रमा यसको संक्रमण फैलिइसकेको छ। कोरोनाका कारण सबैभन्दा बढी विदेशमा रहेका नेपालीहरु पीडामा पर्न थालेका छन्। कतिले ज्यान गुमाउँदा लाखौँले रोजगारीबाट हात धुने अवस्था आएको छ।

नेपालीहरु वैदेशिक रोजगारीका लागि रहँदै आएका मध्यपूर्वसहितका युरोपियन मुलुकलाई कोरोनाले नराम्ररी गाँजिरहेको छ। मध्यपूर्वमा रहेका नेपाली कामदार यसबाट प्रभावित हुन थालेका छन्। सरकारले त्यहाँको सरकारसँग कुरा गरेपनि कतारसहित विदेशी कामदारलाई घर फर्कन चेतावनी दिन थालेका छन्। 

यस्तोमा अधिकांश खाडी मुलुकमा यतिखेर लकडाउन चलिरहेको छ। कोभिड-१९ को संक्रमण बढेसँगै विदेशमा रहेका नेपाली कामदार बेतलवी बिदामा कोठामा बसिरहेका छन्।

खाना र दालको भरमा दैनिकी कटाउन बाध्य छन् उनीहरु। काम गर्न गएका नेपालीले स्वदेश फर्कना हारगुहार लगाइरहेका छन्। तर सरकारले भने लकडाउन नखुलुन्जेल जहाँ जस्तो अवस्थामा बसेको त्यहीँ रहन भनेको छ। सरकारले अहिले उद्धार गर्न नसकिने भनेको अवस्थामा नेपाली भने छटपटिएर भोकै मर्ने अवस्था आएको छ। 

रोजगारीका लागि गएका अर्जनु सत्याल यतिबेला ओमनमा छन्। तीन महिनाअगाडि उनी ओमन पुगेका थिए। उनी जस्ता कम्पनीका अन्य साथीहरुलाई पनि कोठामै थुनेर राखिएको छ। एक महिनादेखि उनीहरु कोठामा थुनिएर बस्‍न बाध्य छन्। 

‘प्रदेशमा कामबिना बस्न गाह्रो भएको छ,’ उनले भने, 'कम्पनीले बेला-बेलामा खानेकुरा उपलब्ध गराउँछ। त्यसले मात्र हामीलाई पुग्दैन।'

कोठाबाट बाहिर कतै जान नपाएको उनी बताउँछन्। यहाँ पैसा कमाउने चिन्ताले भन्दा नेपाल जान नपाइने चिन्ताले मरिने भइयो,’ सत्याल भन्छन,’ तत्कालका लागि यहाँ भित्रै बस्‍नबाहेक विकल्प केही छैन।' 

ओमनस्थित दूतावासलाई यहाँ बस्‍न र खान समस्या भएको जानकारी गराउँदा केही प्रतिक्रिया नदिएको उनले गुनासो गरे।ओमनको अबराज अल कम्पनीमा रेष्टुरेन्ट सुपरभाइजरको काम गर्ने उनीजस्ता २५ जना भन्दाबढी कामदार यतिखेर थुनिएर बसेका छन्। 

यहाँ भएको सबै कामदारले नेपाल फर्कन चाहेको सत्याल बताउँछन्। ‘नेपालमा गएर क्‍वारेन्टाइनमा बस्‍न परे पनि बसौँला,’ उनले भने,’'नेपालमा परिवार सम्झेर बिनापैसा विदेशमा बस्‍न सकिँदैन।'

नेपाल सरकारले वैदेशिक रोजगारमा गएकाको रेमिन्टेसले देश सञ्चालन गर्दा कामदारको पनि व्यथा सुनेर केही गर्नुपर्ने उनी बताउँछन्। टर्किस रेष्टुरेरण्टमा काम गर्ने अर्का नेपाली विजय लामा पिन एक महिनादेखि बिनातलब कोठामा बसिरहेका छन्। 

रेष्टुरेण्टको काम बन्द भएपछि खाना पनि पाउन गाह्रो भएको लामा बताउँछन्। नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीलाई उद्बार गर्न पहल गरिदिएमा त्यहाँका नेपाली स्वदेश फर्कने उनले बताए।

‘यहाँ यसरी कोठामा बसिरहने हो भने भोकै मरिएला जस्तो भइसक्यो,’ उनले भने,’ यस्तो बेलामा नेपाल सरकारले विदेशमा रहेका नेपालीको समस्याको सुनुवाइ नगरे कहिले गर्ने?’

नेपाल हिँडेर पुग्न सक्ने भएपनि जाने उनले सुनाए। 'यहाँ पैसा कमाउने भन्दा पनि भोकले मरिन्छ डर भयो', उनले सुनाए। कामदारको सुरक्षाका लागि दूतावासलाई आग्रह गरेको विष्णु प्रसाद गैरे बताउँछन्। 

वैदेशिक रोजगार व्यावसायिक संघले विदेशमा रहेका नेपाली कामदारलाई समस्या नहोस भनेर दूतावासलाई पत्रचार गरेको छ। उनले नेपाली कामदारलाई परेको समस्याको सुनुवाई गर्न अनुरोध गरिसकिएको बताए।

खाडी मुलुकमा रहेका गैरआवासीय नेपाली संघ संस्थासँग सहकार्य गरेर कामदारको उद्दारको पहल गरिदिन विभिन्‍न माध्यमबाट सम्पर्क गरिहेको गैरेले बताए।

नेपाल सरकारसँग पनि वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको गर्न सकिने पहलबारे विभिन्‍न चरणमा वार्ता गरिरहेको उनले जानकारी दिए।‘व्यावसायीको तर्फबाट पनि त्यहाँ रहेका प्रतिनिधिसँग मिलेर काम गरिरहेका छौँ,’ उनले भने,’ 'यतिखेर सबैभन्दा बढी गम्भीर भएर व्यावसायी लागेका छौँ। सरकारलाई विभिन्‍न ढंगबाट विदेशका नेपाली कामदारको उद्धार गर्ने व्यवस्था मिलाउने वा कामदारलाई उतै सुरक्षित राख्‍न कूटनीतिक दबाब दिन पहल गरिरहेका छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.