|

लण्डन : कोरोना संक्रमणका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक रहेका छन्।

त्यसैगरी, अहिलेसम्म बेलायतभरमा १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएको जानकारी प्राप्त भएको छ। दुतावासका अनुसार अहिले सात जना नेपालीहरू बेलायतका विभिन्न अस्पतालमा उपचाररत छन् भने करिब ४० जना होम आइसोलेसनमा छन्‌।

दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ। बेलायतमा आपतविपत खेपेका नेपालीको सहयोगार्थ नेपाली दूतावास, एनआरएनए यूके र बन्टोक नेपाली समाज लगायत सामाजिक संघसंस्थाले काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.