|

हेटौंडा : बागमती प्रदेशसभामा रहेको समितिको बैठक अनलाइनबाट भएको छ। शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक आज “भिडियो कन्फ्रेन्स” मार्फत भएको हो।

बैठकमा कोरोना संक्रमण र रोकथामका उपायसम्बन्धी छलफल भएको हो। भिडियो कन्फ्रेन्समा समितिका सभापति घनश्याम दाहालको अध्यक्षतामा भएको थियो भने बैठकमा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, सामाजिक विकासमन्त्री युवराज दुलाल, उपसभामुख राधिका तामाङ तथा समितिका सदस्यहरु रहेका थिए।

बैठकमा बोल्दै समितिकी सदस्य कञ्चन खनालले होम क्वारेन्टाईनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी थिइन्। उनले शहर केन्द्रित रहेका विद्यार्थीहरुलाई गन्तव्यमा जान सहजीकरण प्रदेश सरकारले गर्नुपर्ने बताएका थिईन्।

यस्तै, सदस्य गोमा भुर्तेलले लकडाउन अझै प्रभावकारी बनाउनुको विकल्प नरहेको भन्दै पैदल यात्रुको विषयमा सरकारले लचकता देखाउनु पर्ने बताईन्। सदस्य प्रेम बहादुर पुलामी “छिन्तु”ले प्रदेश सभा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा लकडाउन र समस्या परेको जनता समक्ष पुगेर समस्याहरु समाधान गर्ने तर्फ सोच्नु पर्ने बताए। यस्तै प्रदेश सभाकमा सभामुख सानुकुमार श्रेष्ठले आफ्ना प्रदेश सभा सदस्यहरु सुरक्षित रहँदै जनतालाई परेको समस्यामा ध्यान दिनु पर्ने बताए।

सभामुख श्रेष्ठले लकडाउन र नेपाल सरकारले कोरोनासम्बन्धी गरेको निर्णयहरु कार्यान्वयनमा प्रभावकारी भुमिका खेल्न आग्रह गरे। उनले प्रदेश सभा सचिवालयको काम भने रोकिएको बताए।

छलफलमा उठेको विषयमा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सम्बोधन गरेका थिए। उनले बागमती प्रदेशमा ३ हजार भन्दा बढिको कोरोनाको नमुना परिक्षण भइरहेको र प्रदेशको सबै जिल्लाबाट परिक्षण सुरु भईसकेको बताएका थिए। उनले प्रदेश सरकारले पर्याप्त क्वारेन्टाइनको व्यवस्था गरेको आइसोलेनहरु अझै थप्ने तयारी गरको बताएका छन्।

मन्त्री दुलाले प्रत्येक दिन कोरोना सम्बन्धी प्रदेश सरकारले केन्द्र सरकार र स्थानीय तह सँग समन्वय गरिरहेको बताएका थिए। उनले केन्द्रका शिक्षा मन्त्री सहित ७ वटै प्रदेशका सामाजिक विकास मन्त्री सँग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गरेको बताएका थिए।

प्रदेश सभा सचिवालयका अधिकृत मुक्तिनाथ घिमिरेका अनुसार प्रदेश स्तरमा पहिलो पटक बागमती प्रदेशको समितिहरुले भिडियो कन्फ्रेन्स भएको हो। उनले भोली उद्योग, पर्यटन, वन तथा वातारण समितिको भिडियो कन्फ्रेन्स मार्फत वैठक रहेको समेत जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.