|

काठमाडौं : ५० औं पृथ्वी दिवस डिजिटल प्लेट फर्मबाट मनाइएको छ। बुधबार त्रिभुवन विश्‍वविद्यालय अन्तर्गत वातवरण विज्ञानका विद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रममा ५६ जनाले सहभागिता जनाएका छन्। 

अनलाइनमार्फत सञ्चालन गरिएको उक्त कार्यक्रम जलवायू परिवर्तन र वन्यजन्तुबाट सर्ने संक्रामक रोगसँग केन्द्रित रहेको आयोजक विद्यार्थी आस्था जोशीले जानकारी दिइन्। उनका अनुसार विज्ञहरुले कोभिड-१९लाई अवसरको रुपमा लिएर वातवरणीय अतिक्रमण न्युनीकरणमा जोड दिनुपर्ने बताएका थिए। 

कार्यक्रममा बोल्दै त्रिविका उपप्राध्यापक डा. मनकुमार धमालले पृथ्वी मानव प्रजातिको मात्रै नभएर सम्पुर्ण प्राजातिको साजा बासस्थान भएकाले यसमा अन्य जीवहरुको पनि उत्तिकै हक लाग्‍ने बताए। 

यस्तै त्रिविकै उपप्राध्यापक डा. दीपनारायणण साहले जलवायु परिवर्तनका कारण विश्‍वको पारिस्थतिकीय प्रणालीलाई असर गरेको उल्लेख गर्दै उत्सर्जन न्युनीकरण उपायहरु खोजिनुपर्ने बताए। 

कार्यक्रममा प्रमुख वक्तासमेत रहेका पूर्व विज्ञान मन्त्री एवम् इन्जिनियर गणेश साहले जलवायु परिवर्तनका कारणले हिमालका हिउँहरु पग्लन थालेको र न्यूनीकरणका उपायहरु बारे सोच्‍नुपर्ने बताए। 
 
पत्रकार एवं वातवरण विज्ञानका विद्यार्थीसमेत रहेका गोविन्द पोखरेलले सहजीकरण गरेको उक्त कार्यक्रममा वन्यजन्तुबाट मानिसमा सर्ने संक्रामक रोगका, वातवरणले पाएको अवसर। कोभिड-१९ले मानिसलाई दिएको सन्देशबारे विषयमा छलफल भएको थियो। 

त्यस कार्यक्रममा त्रिविका उपप्राध्यापकद्वय धमला र साहले सहभागीहरुबाट आएका प्रश्‍नहरुको जवाफ दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.