सर्लाहीका एकजना मात्रै बाँकी रहने

|

पर्सा : गत चैत ३० गते पर्साको वीरगन्जमा फेला परेका कोरोना संक्रमित ३ भारतीय मुस्लिम जमातीसहित रौतहटका एक युवक निको भएका छन्। 

उनीहरु चारैजना कोरोना संक्रमित पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका थिए। अहिले चारैजना निको भइसकेको नारायणी अस्पतालले जनाएको छ। 

उनीहरुको ३ पटक सम्मको स्वास्थ्य परीक्षण रिपोर्ट पनि नेगेटिभ आइसकेको नारायणी अस्पतालका मेडिकल सुरिपरिटेण्डेन्ट डा.मदन प्रसाद उपाध्यायले बताए। 

चारैजनाको नेगेटिभ रिपोर्ट आएपछि आइतबार डिष्चार्ज गर्ने तयारी भइरहेको पनि उनको भनाइ छ। चारै जनाको रिपोर्ट नेगेटिभ आइसकेको जानकारी प्राप्त भएको उनले बताए। लिखित जानकारी शनिबार अबेरसम्ममा अस्पतालमा आइपुग्ने डा. उपाध्यायले बताए। 

भारतबाट १४ जनाको समूह नेपाल आई वीरगन्ज महानगरपालिका–२ छपकैया स्थित ‘मक्की जामे मस्जिद एतिमखाना डारुल यतामा इस्लामिया’ मा बसेकामध्ये ३ मुस्लिम जमातीमा गएको चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

उनीहरु र वैशाख १ गते रौतहटमा फेला परेका संक्रमित एक युवकलाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिरहेको थियो। 

उनीहरु चारै जनाको स्वास्थ्य सामान्य रहेको र रिपोर्ट पनि नेगेटिभ आएकोले आइतबार छोड्ने तयारी भइरहेको कोभिड १९ कमाण्ड पोष्ट पर्साका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पनि बताए। 

‘रौतहटका युवकलाई त्यहाँ आइसोलेशन वार्डसहितको व्यवस्था नभएपछि बैशाख २ गते वीरगन्जको नारायणी अस्पतालमा नै ल्याइएको थियो’, उनले भने। 

यी चारजना डिस्चार्ज भए वीरगन्जको नारायणी अस्पतालमा बिहिबार सर्लाहीबाट ल्याइएका १४ वर्षीय युवक मात्र बाँकी रहने नारायणी अस्पतालले जनाएको छ। 

वीरगन्जबाट हालसम्म स्वाव परीक्षण गर्न पठाइएका ४१५ जना मध्ये १८० जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ। त्यो रिपोर्ट पनि नेगेटिभ आए नारायणी अस्पताल कोरोना पुष्टि भएर उपचार गराइरहेकामध्ये सर्लाही किशोर मात्रै बाँकी रहने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.