|

बारा :  बाराको निजगढ ४ पूर्वटोलकी ३८ वर्षिया राधा खड्काले एक दशकदेखि गाउँकै जनकल्याण आधारभूत विद्यालयमा एक दशक पढाइन्। शिक्षण पेशामा इमान्दार, लगनशील र कर्तव्यनिष्ठ शिक्षिकाका रूपमा परिचित खड्का  शिक्षक परिवारदेखि विद्यार्थीमाझ लोकप्रीय थिइन्।

अघिल्लो वर्ष  उनको काखीमुनि गाँठो देखियो। अचानक बिरामी परिन्। पति दिनेश र सासू सीता उनको स्वास्थ्य परीक्षणका लागि विभिन्न अस्पताल धाए। भरतपुरमा उनको रोग पत्ता लाग्यो। उनलाई स्तन क्यान्सर भएको रहेछ।

भक्तपुर क्यान्सर अस्पतालमा ५ महिना उपचार गरिन्। उपचारमा १४ लाखौं खर्च भयो। उनको उपचारमा खर्च जुटाउन उनको परिवारलाई धौ-धौ भएपछि गाउँसमाज नै जुट्यो। उनले पढाउने विद्यालयदेखि त्यसका विभिन्न संघसंस्था र व्यक्तिहरुले आफूले सकेसम्मको आर्थिक सहयोग गरे।

तीन वर्षअघि कम्मरमुनिको पक्षघात भएपछि त्यसैगरी उनलाई लाखौं खर्च गरेर उपचार गरेपछि उनी काममा फर्केकी थिइन्। पहिलेजस्तै हुन नसकेपछि काममा जान सक्ने भइन्। कक्षा ४ र ५ का विद्यार्थीलाई विज्ञान विषय पढाउने शिक्षिका विद्यालयमा पीसीएफ शिक्षकाका रुपमा प्रवेश गरेकी थिईन्। सरकारले पीसीएफ खारेज गरे पनि उनलाई विद्यालयले निजीस्रोतमा राखेर निरन्तरता दिएको थियो।

क्यान्सर जितिन्

क्यान्ससंगको संघर्षमा उनले जीत हासिल गरिन्। लामो समयको उपचारपछि उनी निको भइन्। अढाई महिना चैत्र अन्तिम साता उनी काममा फर्किईन्। विद्यालयमा बेग्लै माहोल बन्यो। सबैजना खुसी देखिन्थ्ये। विद्यालयले सञ्चालन गरेको वार्षिक परीक्षामा खटिएकी शिक्षिका खड्कामा जीतपछिको उमङ्ग थियो। उनले पढाउने विषयको परीक्षा सकिएकाले कापी जाँच गरेर परीक्षाफल तयारीका लागि विद्यालयलाई बुझाइन्।   

परिवारको खुसी फर्किएको थियो। ६ पटक किमो चढाइएपछि क्यान्सरको उपचार सफल भएको भन्दै डाक्टरले बधाई पनि दिएको उनका पति दिनेश बताउँछन्।

खुसी धेरै दिन टिकेन

राधा पुन  बिरामी परिन्। उनलाई जण्डिस रोग लाग्यो। चैत पहिलो दोस्रो साता एक साँझ राधाकी सासू सीताले आँखाको एक भाग पहेँलो भएको चाल पाइन्। उनले जण्डिस भएको अनुमान गरिन्। पति दिनेश राधालाई मोटरसाईकलको पछाडि राखेर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए।

उनको स्वास्थ्य परीक्षणको क्रममा जण्डिसको मात्रा ९.१ देखियो। उपचार सुरु भयो। ‘तीन दिनपछि अटोमा राखेर पुनः परीक्षण्का लागि स्वास्थ्य केन्द्र पुर्‍याएपछि म निराश भएँ,’ दिनेशले भने,‘राधालाई जण्डिसले निकै गालिसकेको रहेछ। जण्डिसको मात्रा १३.५ थियो।' त्यसको असर फोक्सोदेखि अरू भित्री धेरै भागमा पुगिसकेको चिकित्सकले बताए। दिनेशले चिकित्सकबाट अब राधालाई बचाउन नसकिने भन्‍ने संकेत पाए।'

जण्डिससँग हारिन्

क्यान्सर जस्तो रोग जितेकी राधाले बिहीबार जण्डिससँग हारिन्। जण्डिस रोगको कारण ४४ वर्षीया शिक्षिका खड्काको बिहीबार आफ्नै घरमा अचेत अवस्थामा नै चौथो दिन उनले संसार छाडिन्। क्यान्सरको उपचार सफल भएपछि अब ५–७ वर्ष त केही हुन्‍न होला भन्नेमा दिनेश ढुक्क थिएँ। दिनेशले सुनाए,‘प्यारालाइसिस, क्यान्सर जितेकी पत्नी जण्डिससँग हार्छिन् भन्‍ने सोचेको थिइनँ।’ 

आमाको मुख हेर्ने अन्तिम दिन

राधाको एउटै मात्र सन्तान हुन, दिपेश। उनी काठमाडौं बसेर पढ्छन्। बिहीबार बिहान दिपेश नुहाईधुवाई गरे। आमाको मुख हेरे। टीका लगाइदिए। त्यो दिन मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन थियो। अक्सिजनको सहयोगमा अन्तिम श्‍वास लिइरहेकी राधाले त्यही दिन मध्यान्न १२ : २८ बजे अन्तिम श्‍वास फेरिन्। 

१० वर्षदेखि विद्यालयमा कार्यरत उनी इमान्दार, लगनशील र कर्तव्‍यनिष्ट शिक्षिका खड्काको निधनले विद्यालय परिवार मर्माहित भएको निधन भएको विद्यालयका प्रधानाध्यापक मधुसूदन अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.