ग्रीन जोनमा बस चल्ने, स्कुल, कलेज नखुल्ने

|

नयाँ दिल्ली : कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन फेरि थपिएको छ। यही मे ३ तारिखमा सकिन लागेको लकडाउनलाई भारत सरकारले शुक्रबारै १७ मेसम्म जारी राख्ने निर्णय लिएको हो। 

भारतको केन्द्रीय सरकारका अनुसार यी १४ दिनसम्म रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट दिइने छैन। भारत सरकारले थपिएको लकडाउनमा पनि रेल र बस संचालनमा लगाइएको प्रतिबन्ध जारी राखेको छ। स्कुल, कलेज पनि खुल्ने छैनन्। 

ओरेन्ज र ग्रीन जोनमा थोरै सहुलियत दिइने भएको छ। लकडाउन बढाउनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार उच्चस्तरीय बैठक गरेका थिए। 

करिब अढाई घण्टासम्म चलेको यस बैठकपछि भारत सरकारले लकडाउन बढाउने निर्णय लिएको हो। यो बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, चिफ फ डिफेन्स स्टाफ विपिन रावत, रेलमन्त्री पीयूष गोयलसहित सचिवतहका अन्य कर्मचारी पनि सहभागी थिए। 

समाचार अनुसार मोदी सरकारले यस पटक लकडाउनलाई केही खुकुलो बनाएको छ। जस अनुसार ग्रीन ओरेन्ज जोनमा ई-कमर्सलाई अनुमति दिइएको छ। यी जोनमा अत्यावश्यकबाहेकका सामान पनि आपूर्ति गर्न छुट दिइएको छ।

यसका साथै ग्रीन जोनमा ५०औ प्रतिशत कर्मचारी राखेर बस चलाउने अनुमति दिइएको छ। ग्रीन जोनका बस डिपोमा ५० प्रतिशत मात्रै कर्मचारीले काम गर्नेछन्। 

भारतमा सबैभन्दा पहिले २१ दिनको लकडाउन गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले २५ मार्चदेखि १४ अप्रिलसमम्म पहिलो लकडाउन लगाएका थिए।

त्यसपछि १५ अप्रिलदेखि ३ मेसम्म १९ दिनका लागि दोस्रो लकडाउन लगाइएको थियो। तर यस पटक गृह मन्त्रालयमार्फत लकडाउन बढाउने घोषणा गरिएको हो। 

भारतमा अहिलेसम्म ३५ हजार ४३ जनालाई कोरोना देखिएको छ। जसमा ११ सय ५४ जनाले ज्यान नै गुमाइसकेका छन्। निको हुनेको संख्या ९ हजार ६८ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.