|

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) ले विश्व नै प्रभमावित बनेको छ। विश्वका अधिकांश देशहरू लकडाउनमा छन्। नेपाल पनि विगत ४० दिनदेखि लकडाउनमा रहेको छ। अत्यावश्यक सेवा बाहेकका अन्य व्यवसाय ठप्प छन्।

अहिले नेपालका विभिन्‍न अस्पतालमा मान्छेको भिड उल्लेख्य छ। तर, कोरोनाको त्रासले  विभिन्‍न अस्पतालमा रहेका क्यानटिन सबै बन्द छन। बिरामी र बिरामी कुरुवाहरूलाई खाजा र खानाको लागि समस्या परिरहेको छ। 

यही समस्यालाई मध्येनजर गर्दै केही सहयोगी हातले उनीहरूलाई सहयोग गर्दै आएका छन्। त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदय रोग उपचार  केन्द्रलगायत अस्पतालमा सामुदायिक सेवा केन्द्र, बाँसबारीले खाना वितरण गर्दै आएको छ।

करिब १८ दिन अघिबाट लगातार खानाको व्यवस्था गर्दै आएको केन्द्रले पहिलो दिनमा ९० जनालाई आहाराको व्यवस्था गरेको थियो। त्यसपश्चात अहिले केन्द्रले  ५ ठाउँमा खानाको व्यवस्थापन गर्दै आएको छ। केन्द्र प्रमुख दीपक केसीले ५ ठाउँमा दिनको ३ हजार ५ सय जनालाई खानाको व्यवस्था गरिएको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.