|

बारा : बारामा बुधवार एकै दिन दुई जनामा (कोभिड(१९) कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीयहरू त्रस्त बनेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का स्थानीय ४७ वर्षीय र सिम्रौनगढ नगरपालिका वडा नं.४ घर भई जीतपुरसिमराको वडा नं.१९ ईनरवासिरा स्थित स्थानीय मस्जिदमा बस्दै आएका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमित फेला परेपछि बारा प्रशासनले निषेधज्ञा जारी गरेको छ। स्थानीय तहले पनि सतर्कता बढाएका छन्। बाराको निजगढ नगरपालिकाले प्रहरीमार्फत नगर प्रवेश गर्ने सवारी चेकजाँचमा कडाई गरेको छ। 

पूर्व-पश्चिम राजमार्ग हुँदै निजगढ प्रवेश गर्ने सवारीसाधनलाई निजगढ नगरपालिकाले सेनिटाइजर छर्किएर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्यकर्मी, रेडक्रस र युथअफ निजगढका टोलीले यहाँ प्रवेश गर्नेलाई रोकेर 'थर्मल गन'बाट ज्वरो परीक्षण गर्न थालेका छन्‌। बकैया पुल किनार र भमरा पुल छेउमा 'हेल्थ डेस्क' स्थापना गरेर उनीहरुको रेकर्ड समेत राख्न थालिएको छ।

नगरभित्र खाद्यान्न तथा अन्य सामग्रीहरू लिएर ठूलो संख्यामा मालबाहक सवारीसाधन भित्रने भएकोले पनि यो क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।

तस्बिरहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.