डिस्चार्ज गरिएका अर्का पनि अस्पताल भर्ना

|

पर्सा : वीरगन्जमा फेरि एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। उनको रिपोर्ट पोजेटिभ आएको छ। योसहित नेपालमा संक्रमितको संख्या ६० पुगेको छ।
 

वीरगन्ज क्षेत्रमा मात्र संक्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ। गएको वैशाख १४ गते पर्साको वीरगन्जस्थित छपकैयाकै २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै भोलिपल्ट उनीहरुको कन्ट्याक हिस्ट्री खोतल्दै जाँदा बाराको जीतपुरसिमराको क्वारेन्टाइनमा राखिएका थप २ पुरुष र वीरगन्जको छपकैयाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। 

उनीहरुसहित पर्सामा संक्रमितको संख्या आठ पुगेको थियो। पुनः आज भेटिएका संक्रमित व्यक्तिसहित अब पर्साको वीरगन्ज क्षेत्रमा मात्र संक्रमितको संख्या ९ पुगेको नारायणी अस्पतालले जनाएको छ। 

वीरगन्जमा गएको चैत ३० मा पहिलो पटक भारतीय ३ जमातीमा कोरोना पुष्टि भई पर्सा कोरोना संक्रमित फेला पर्ने जिल्लाका रुपमा दर्ज भएको थियो। आइतबार आज संक्रमितसहित प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या १३ पुगेको छ। 

डिस्चार्ज भएका अर्का बिरामी पनि पुनः अस्पताल भर्ना 

निको भई डिष्चार्ज भएकामा एक युवक र अर्का भारतीय जमाती पनि पुनः अस्पतालमा भर्ना भएका छन्। डिष्चार्ज भएर गएको वैशाख १४ गते उनीहरु डिस्चार्ज भएका थिए। 

तर केही समस्या देखिएपछि हिजो साँझ रौतहटका युवक नारायणी अस्पतालमा ल्याइएकोमा अहिले दिउँसो फेरि भारतीय जमातीका अर्का पुरुषलाई पनि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएकाे छ।

नारायणी अस्पतालको आइसोलेनमा राखेर उपचार हुँदै गरेका उनीहरुको थ्रोट स्वाब संकलन गरी फेरि परीक्षणका लागि पठाइने बताइएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.