सरकारले नक्सा ननिकालेकोमा आपत्ति

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावले नेपाली भूमि कालापानीमा वर्षौंदेखि बस्दै आएको भारतीय सेनालाई फिर्ता गर्नुपर्ने बताएका छन्। 

प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आइतवार प्रश्न गर्नेक्रममा पश्चिमी सीमामा देखिएको समस्या समाधानको यो नै एकमात्र विकल्प भएको बताएका हुन्।

‘नेपालको भूगोल मिचेर गरिएको सडक निर्माणको नेपाली जनताको तर्फबाट निन्दा र भत्र्सना गर्दछु’, उनले भनेका छन्, ‘यस कामलाई भारतले तत्काल बन्द गर्नुपर्छ। कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्नुपर्छ।’

नेता रावलले आफ्नो नै नभएको भूगोलको भारतले नक्सा जारी गर्दा नेपाल सरकारले त्यो आँट गर्न नसकेको बताएका छन्। ‘भारतले आफ्नो भूमि नभएको ठाउँमा नक्सा निकालिसक्यो तर नेपालले आफ्नो भूमिसहितको नक्सा निकाल्न के गाह्रो भएको हो?’, उनले सोधेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.