|

दैलेख : कर्णाली प्रदेशमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको आशंकामा पिसिआर परीक्षण गरिएका दैलेखका एक जनामा कोरोना पोजेटिभ देखिएको छ। भारतबाट आएका दैलेखको आठबिस नगरपालिकाका एक युवाको पीसीआर परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशको रीता भण्डारी जोशीले बताइन्।

उनले पहिलो चरणमा गरिएको पिसिआर परीक्षण शंकास्पद देखिएको र यसैका आधारमा अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताउँदै स्वाब संकलन गरी पुन: परीक्षणका लागि स्वाबको नमुना नेपालगञ्ज पठाइएको र सबै रिर्पोट साँझ या भोलिसम्ममा आउने बताइन्। कोरोना संक्रमणको आशंका गरिएका युवा ३५ दिनभन्दा बढी भारतको वनवासामा बसेर आएका र उनलाई आठबीस नगरपालिकाले उद्धार गरि चैत ३१ गते आठबीस ल्याएको आठबिस नगरपालिकाका नगर प्रमुख खड्कराज उपाध्याले बताए।

यता, स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत तथा कोरोना सूचना अधिकारी थिरप्रशाद रेग्मीका अनुसार शनिबार आठबिसको सात्तलामा रहेको एक बिध्यालयमा रहेको क्वारेन्टाइनमा रहेका उनी युवासँगै ३९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.