|

काठमाडौं : प्रधानमन्त्री केपी शमौ ओलीले विवादित एमसीसी प्रतिनिधि संसदको सम्पत्ति भइसकेको बताएका छन्। आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले एमसीसी संसदको सम्पत्तिको रुपमा आइसकेकोब बताएका हुन्। 

उनले एमसीसी अघिल्लो सरकारले अहलिेको सरकारलाई हस्तान्तरण गरेको स्पष्टिकरण पनि दिए।  ‘एमसीसी अघिल्लो सरकारले वार्ता गर्यो, सम्झौता गर्यो यो सरकारलाई हस्तान्तरण गर्यो,’ उनले भने, ‘अब अलपत्र छोड्न मिल्दैन । यो संसद्को सम्पत्तिका रूपमा आइसकेको छ।’ 

उनले एमसीसी संसदबाट पास गर्ने कि नगर्ने भन्नेबारे संसदमा छलफल गर्न सकिने पनि बताए। उनले एमसीसीको विषय कार्यान्वयन नगर्दा विश्वसनीयतामा प्रश्न उठ्ने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.